दोहोरो नागरिकता बनाउने दुई जना पक्राउ

कञ्चनपुर, १९ असार । कञ्चनपुरमा दोहोरो नागरिकता बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउन पर्नेमा जिल्लाको बैतडी पञ्चेश्वर गाउँपालिका–५ बस्ने खेट्टी चन्दकी छोरी ३९ वर्षीया कलावती चन्द र सोही ठेगाना भएका बिर्खराम चन्दका छोरा ५८ वर्षीय गम्भीर चन्द छन् ।

उनीहरूलाई हिजो सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरूलाई सोमबार नै जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान जारी छ ।

प्रतिक्रिया