
काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारमा आज सुनको भाउ वृद्धि भएको जानकारी दिएको छ । महासंघका अनुसार आज छपावाल सुनमा ४०० रुपैयाँले वृद्धि भएको छ भने तेजाबी सुनमा ३५० रुपैयाँ बढेको छ ।
योसँगै आज प्रतितोला छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कोरोबार भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया