जनमतलाई सरकारमा लिने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीलाई सरकारमा लिने सहमति भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जनमतलाई सरकारमा लिने निर्णय गरेको हो ।

जनमत सरकारमा आएमा माओवादीकै कुनै मन्त्रीलाई फिर्ता बोलाएर ल्याउने तयारी गरिएको छ ।

आइतबार प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई भेटेर सरकारमा आउन प्रस्ताव गरेका थिए । सरकारमा आउन वातावरण मिलाए आउन तयार रहेको राउतले बचन दिएका थिए । त्यसलगत्तै सत्ता गठबन्धनको बैठक बसेर राउत नेतृत्वको पार्टीलाई सरकारमा ल्याउने सहमति भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार