
काठमाडौं । भोजपुरमा भरुवा बन्दुक पड्किएर १ जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुसन राई रहेका छन् ।
भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई आज बिहान घर नजिकै रहेको मकैबारीमा बन्दुक पड्किएर मृत अवस्थामा फेला परेका हुन् ।
घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रतिक्रिया