बागमती प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आइतबार साँझ बस्ने भनिएको बैठक स्थगित भएर आज बिहान ११ बजे बस्न लागेको हो ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षी दलको विरोधका कारण बैठक बस्न सकिरहेको छैन । बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा आइतबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उनका अनुसार आज पनि सहमतिको प्रयास हुने छ । आज सहमति जुट्ने सम्भावना भएकाले बिहान ११ बजे बैठकको समय निर्धारण गरिएको हो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सत्तापक्षले प्रतिपक्षी दलसँग आज सहमति गरी विवाद टुंग्याउने सम्भावना रहेको भन्दै सहमति जुटेमा आज बैठक नियमित रुपमा सञ्चालन हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार