नारायणगढ मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा

काठमाडौं । रायणगढ मुग्लिन सडक सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तीन नम्बर पुलमा गए राति खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ ।

आइतबार दिनभर एक्साभेटरले पहिरो जाँदा खसेको ढुंगा माटो फालेपछि अहिले दुईतर्फी नै गाडी चलिरहेका छन् । सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया