संसदमा आज आर्थिक विधेयकबारे छलफल हुँदै

काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभा बैठकमा आज आर्थिक विधेयकमाथि छलफल हुँदै छ ।

बिहान ११ बजे बस्ने बैठकमा विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्नेछ । आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी गरिएको छ ।

बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आजै आर्थिक विधेयक-२०८० पारित गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

आजै उनले राष्ट्र ऋण उठाउने विधेयक-२०८० माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्नेछन् । त्यसमाथि प्राप्त संशोधनहरुलाई निणयार्थ प्रस्तुत गरिएपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।

विनियोजन विधेयक यसअघि नै पारिस भइसकेको छ ।अब यी विधेयक पारिस भएपछि बजेट कार्यान्वयनको बाटो खुल्नेछ ।

प्रतिक्रिया