बाढीका कारण फसेका चारको उद्धार

राप्ती नदीमा आएको बाढीका कारण जङ्गलको बीचमा फसेका चार जनालाई स्थानीय प्रशासनले आज उद्धार गरेको छ ।

जङ्गलमा बाख्रा चराउन गएका छमध्ये चार जनाको उद्धार भएको र थप दुई जनाको उद्धार गर्न लागेको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार भएको थियो । उनीहरू सबै जना बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ का हुन् । घटनास्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायलगायत हुनुहुन्छ ।

प्रतिक्रिया