छनोटबाटै बाहिरियो विश्वकप विजेता वेस्टइन्डिज

काठमाडौं । आइसिसी विश्वकप छनोट २०२३ मा वेस्टइन्डिज छनोटबाटै बाहिरिएको छ । चार पटकको विश्वकप विजेता वेस्टइन्डिज इतिहासमै पहिलो पटक विश्वकपमा पुग्न नसकी छनोट खेलबाटै बाहिरिएको हो ।

वेस्टइन्डिज सुपर सिक्समा आफ्नो पहिलो खेलमै स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको छ। यससँगै दुई पटक एकदिवसीय र टि२० विश्वकप विजेता वेस्टइन्डिज भारतमा हुने एकदिवसीय विश्वकपको लागि छनोटबाट बाहिरिएको छ ।

प्रतिक्रिया