२८ घण्टापछि सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

काठमाडौं। अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । पहिरो खसेर बिहीबारदेखि अवरुद्ध नारायणगढ-मुग्लिङ सडक खण्ड २८ घण्टा पछि सञ्चालनमा आएको हो।

पहिरो पन्छाएसँगै शुक्रबार साँझ ५ बजेदेखि दुईतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

नारायणगढ-मुग्लिङ सडक खण्डको ३ नम्बर पुल नजिकै बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध हुँदा सवारी आवतजावत बन्द भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार