चितवनमा केपी ओलीले रोपे धान

चितवन । आज असार १५ मनाउन चितवन आएका पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोपेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गरेका हुन् ।

धान रोपाइँका लागि ओली बिहीबार दिउँसो नै चितवन आएका थिए ।

भरतपुर महानगरपालिका वडा नं.२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीको ३ विघा जग्गामा धान रोपाइँ भएको छ । बोरिङ्गबाट तानिएको पानीले खेत हिलो बनाइएको थियो ।
ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तर्क्रिया पनि गरेका छन् ।

प्रतिक्रिया