कपिलवस्तुमा बस दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं । बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ६ ख १३३९ नम्बरको बस आज बिहान शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन्।

घाइतेहरुको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीका अनुसार बसमा ४० जना यात्रुहरु थिए ।

प्रतिक्रिया