फेरि सर्‍यो कोशी प्रदेश सभाको बैठक

काठमाडौँ । आधा घण्टाको लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक आठ बजे बस्ने भएको छ।
प्रदेश सभा सचिवालयले केहीबेर अघि सूचना टाँसेर प्रदेश सभा बैठक आठ बजे बस्ने जानकारी गराएको छ।

‘कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको आज बसेको प्रथम बैठक ३० मिनेट सम्मको लागि स्थगन भएकोमा विशेष कारणबस स्थगन पछिको आजको बैठकको कारबाहीका लागि मिति २०८०१३/१४ गते साँझ ८:०० बजे बैठक बस्ने व्यहोरा कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन समेत) को नियम ६ को उपनियम (२) बमोजिम माननीय सदस्यज्यूहरूलाई जानकारीका लागि माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार