
चितवन। नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक पहाड माथिबाट गए रातिदेखि ढुंगा खस्दा पटक पटक बाटो अवरूद्ध भएको छ । आज दिउँसो १ बजेर ५ मिनेट जाँदा पहाड माथिबाट ढुंगा खस्न सुरू भएपछि दुवै तर्फबाट बन्द छ ।
यसअघि ढुंगा सडकमा आएर बजारिन थालेपछि बिहानपख एक घन्टाजति बाटो अवरुद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा खसेको पहिरो ठूलो त छैन । तर अग्लो ठाउँबाट ढुंगा र गेग्रान झरेका कारण सफा गर्न पनि समस्या भएको प्रहरीले बतायो ।
प्रतिक्रिया