नगर प्रमुख आलम द्वारा १५ सैया अस्पतालको सिलान्यास

रौतहट मंसिर २६ गते। रौतहटको राजपुर नगरपालिका राजपुरमा १५ सैयाको नगर अस्पतालको शिलान्यास गरिएको छ । राजपुर नगरपालिका वडा नम्बर–२, डमार चौक राजपुरमा सोमबार एक कार्यक्रमको आयोजना गरि नगर अस्पतालको शिलान्यास गरिएको हो । नगर अस्पताल निर्माणको लागि ठेक्का सम्झौता भई निर्माणको काम अगाडि बढेको राजपुर नगरपालिकाका नगर प्रमुख डा. मो. राजिक आलमले बताएका छन् ।
साढे दुई वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी नगरपालिकाले २०७९ मंसिर १४ गते ठेक्का सम्झौता गरेको छ । २३ करोड २६ लाख १५ हजार ४ सय ४४ रुपैयाको लागतमा १५ शैयाको अस्पताल निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनिसँग सम्झौता भएको नगर प्रमुख आलमले बताए ।

शिलान्यास कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख आलमले यस अस्पतालको शिलान्यास सम्पन्न भएसंगै अब अस्पताल निर्माणले यहाँका स्थानीयहरु सानो–सानो बिरामीको उपचारको लागि अन्यत्र ठुला अस्पतालहरु धाउनु पर्नेछैन र अन्यत्र अस्पतालमा गएर उपचार गराउँदा हुने खर्चकोसमेत बचत हुने बताउनु भएको छ ।
सम्बोधनको क्रममा नगर प्रमुख आलमले आफना कार्यकाल भित्रमा नगरलाई एक नमुना नगर बनाउने सोचका साथ आफु स्वास्थ्यका साथै शिक्षा, कृषि र भौतिक पूर्वाधार निर्माण लगाएत कार्यलाई विशेष प्राथमिकता दिएर काम गर्ने साथ नगरलाई समृद्ध र नेपालकै नमुना नगरपालिका बनाउनमा कुनै कसर बाकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन। आम नागरिकलाई प्रत्याभुति हुने गरी विकास निर्माणका काम गरेर देखाउने र नगरमा कृषि उत्पादकत्व वृद्धि गर्न सिचाइको लागि विधुतिकरण गर्न प्रत्येक वडामा ४ सय पोल गाड्ने काम चाडै शुरु हुने बताएका छन।
कार्यक्रममा राजपुर नगरपालिका नगर उप–प्रमुख, जमिला असगरी, प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न राजतिक दलका प्रतिनिधि, शिक्षक, समाजसेवी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार