कांग्रेस नेता केसी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ — नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीको निमन्त्रणामा नेता केसी आइतबार साँझ ओली निवास पुगेका थिए । नेताहरूबीच करिब दुई घण्टा संवाद भएको थियो ।

भेटमा दुई नेताबीच बधाई आदान-प्रदान भएको र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ । नेता केसीले भेटमा नयाँ सदनमा सत्तापक्ष र प्रतिपक्षका बीचमा आपसी सहकार्यको महत्त्व र राष्ट्रिय राजनीतिका विषयहरूमा छलफल भएको बताए ।

‘निर्वाचनको समीक्षा भयो । नयाँ सरकार गठनका सम्भावना र सम्भावित राजनीतिक समीकरणका विषयमा समेत कुराकानी भयो,’ उनले भने, ‘द्वन्द्वकालीन मुद्दाहरूलाई किनारा लगाउनेदेखि सुशासन, भ्रष्टाचारलगायत विषयहरूमा सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्नेमा समान धारणा व्यक्त भयो ।’

उनले बजारमा व्याप्त मूल्यवृद्धि नियन्त्रणका विषयमा समेत भावी सरकारले भूमिका खेल्नुपर्नेबारे कुराकानी भएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार