
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ०४ गते सम्पन्न प्रतिनिधि सभाको चुनावमा आफुले १८ लाख ८२ हजार खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालय झापामा बुझाएका छन्।
हालै सम्पन्न चुनावमा उनी झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। झापा जिल्लाबाट प्रतिनिधिसभामा र प्रदेशसभाबाट उम्मेदवार बनेका एक सय ९२ उम्मेदवारमध्ये ८४ जनाले मात्र आफ्नो चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।
झापा जिल्लामा ठुला दलबाट निर्वाचन खर्च बुझाउनेमा हालसम्म एमाले अध्यक्ष केपी शर्मा ओली मात्र रहेको निर्वाचन कार्यालयका नासु प्रेम गुरागाईँले जानकारी दिए। निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने प्रावधान रहे पनि उम्मेदवारले खर्च विवरण बुझाउन विलम्ब गरिरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।
प्रतिनिधि सभा सदस्यको उम्मेदवार चुनाव प्रचार प्रसारको लागि ३५ लाख सम्म खर्च गर्न पाउने प्रावधान थियो।
प्रतिक्रिया