अर्घाखाँचीमा नक्कली प्रहरी पक्राउ

नक्कली प्रहरी बनेर अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ‘हामी सादा पोशाकमा खटिएका प्रहरी हौ’ भन्दै अभद्र व्यवहार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

भुमिकास्थान नगरपालीका वडा नम्बर–६, खिल्जीका ३५ वर्षिय बाबुराम पौडेल र मालारानी गाउँपालिका वडा नम्बर–५ बाँगीका २० वर्षिय दिपक केसी पक्राउ परेको प्रहरीले जनाएको छ। उनिहरुले मादक पदार्थ सेवन गरी सन्धिखर्क नगरपालिकाको बसपार्क क्षेत्रमा होटल तथा पसल लगायतमा चेकजाँच गर्ने, स्थानियलाई गाली–गलौच तथा अभद्र व्यवहार गर्ने गरेको सुचना पाएपछी उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

नियन्त्रणमा लिई सोधपुछ गर्दा उल्टै प्रहरी माथी हरपात, गाली–गलौच तथा अभद्र व्यवहार गरेका थिए। उनीहरु माथी अनुसन्धान भईरहेको प्रहरी प्रमुख रिजालले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार