श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्।

धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिनगर बस्ने विरेन्द्र यादवलाई आफ्नै २७ बर्षिय श्रीमती रितादेवी यादवको हत्या आरोपमा धनुषा प्रहरीले पक्राउ गरेको छ।

आइतबार राति करिब २ बजे घरेलु हतियार प्रहार गरी श्रीमती रितादेवीको हत्या गरेको प्रहरीले जनाएको छ। हत्या आरोपी उनका श्रीमान् विरेन्द्रलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो।

विरेन्द्रले प्रहार गरेको हतियारबाट गम्भीर घाइते भएकी रितालाई उपचारका लागि स्थानीयले रातिनै जनकपुरस्थित काव्या हस्पिटल ल्याएका थिए। हस्पिटलले उनलाई मृत घोषणा गरेको हाे।

धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी प्रदीप क्षेत्रीले श्रीमतीको हत्या गरेका श्रीमान् विरेन्द्रलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको जानकारी दिए।

प्रतिक्रिया