नेप्से परिसूचकमा दोहोरो अंककाे वृद्धि

साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

सोमवार नेप्से परिसूचक चक १६.९५ अंकले बढेर १९०२.२७ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.५७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले बढेको छ।

सोमवार कारोबारमा आएका २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको कारोबार भएको छ । आईतवारको तुलनामा सोमवार कारोबार रकमसमेत बढेको छ। आईतवार १ अर्ब १० करोड ३४ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमा बैंकिङ उपसमूह बाहेकका १२ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। जसमा सबैभन्दा बढी अन्य उपसमूहको परिसूचक ६.१४ प्रतिशतले बढेको छ। अन्य बाँकी उपसमूहको १ प्रतिशत भन्दा बढीले बढेको छ भने बैंकिङ उपसमूहको ०.५८ प्रतिशतले घटेको छ।

सोमवार सिवाइसी लघुवित्त र समिट लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको ७.४६ प्रतिशत, धौलागिरी लघुवित्तको ६.०८ प्रतिशत र आदर्श लघुवित्तको ६.०८ प्रतिशतले बढेको छ। यता मैलुङ्ग खोला हाइड्रोपावरको शेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ भने नबिल बैंकको ३.६६ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको २.२१ प्रतिशतले घटेको छ। आज नबिल बैंकको २१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार