तीन सयले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा प्रतिताेला तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा आएको छ। आइतबार सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार सात सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० रुपैयाँले घटेर एक हजार तीन सय ९० रुपैयाँमा आएको महासंघले जनाएको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार सात सय ८७ दशमलव ४८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार