
काठमाडौं । सुन तस्करीमा पक्राउ परेका चार जनामाथि अनुसन्धान गर्न नौं दिन थुनामा राखेर अनुसन्धन गर्न अदालतले आदेश दिएको छ । उच्च अदालतल पाटनले राजस्व अनुसन्धन विभागलाई शुक्रबार यस्तो अनुमति दिएको हो ।
मंगलबार, बुधबार र बिहीबार गरेर विभागले सुन तस्करी प्रकरणमा १० जनालाई नियन्त्रणमा लिएको थियो । अदालतले बिहीबार ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो ।
बिहीबार अबेरसम्म पक्राउ परेकालाई ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
प्रतिक्रिया