काठमाडौंको फोहोर प्रहरी स्कर्टिङमा बञ्चरेडाँडा लगिँदै

काठमाडौँ। काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडा लगिँदै छ।

स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएपछि सय बढी प्रहरी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ । अहिले प्रहरीले स्कर्टिङ गरेर फोहोर बञ्चरेडाँडा लगिरहेको स्थानीयले बताएका छन्।

तर, स्थानीयले धादिङ र नुवाकोटको सीमानामा पर्ने धुनिबेँसी नगरपालिका–१ मा अवरोधको प्रयास गरिरहेका छन्।

अहिले प्रहरी स्कर्टिङमा एक सयवटा टिपर बञ्चरेडाँडा पठाइएको काठमाडौं महानगरपालिकाले जनायो।

यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार