रेडक्रस सोसाइटीको विशेष महाधिवेशन सम्पन्न, अध्यक्षमा नेपाल निर्वाचित

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको अध्यक्षमा सुदर्शन नेपाल निर्वाचित भएका छन् । सोमबारबाट सुरु भई मंगलबार सम्पन्न भएको रेडक्रसको बिशेष महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको महिला उपाध्यक्षमा राधा नेपाली, खुल्ला उपाध्यक्षमा सुरेन्द्र ऐर, महामन्त्री भूपतिलाल श्रेष्ठ र कोषाध्यक्षमा वीरबहादुर बस्नेत निर्वाचित भएका छन् । उपमहामन्त्रीमा मनोजकुमार थापा र उपकोषाध्यक्षमा डोलराज पाण्डे चयन भएका छन् ।

त्यस्तै बाग्मती प्रदेशबाट राजेन्द्रमान ताल्चाभडेल, कोशीबाट कृष्णप्रसाद न्यौपाने, लुम्बीनीबाट अनुपकुमार श्रेष्ठ, सुदुरपश्चिम प्रदेश लक्षीराम कुँवर, कर्णाली प्रदेशबाट रामलाल आचार्य छानिएका छन् ।
महिला सदस्यतर्फ पुष्प भट्टचन शेरचन, भगवती शर्मा, शान्ति चन्द निर्वाचित भएका छन् ।

खुुल्ला सदस्यतर्फ उत्तम जोशी, विष्णुराज नेपाल, बिनोद बस्नेत, प्रा. डा. कृष्णप्रसाद गौतम, नौलसिं पुन, शिवकुमार कार्की, उमेश थापा, मोहनकुमार श्रेष्ठ, सपूतबहादुर कार्की, यौवनप्रकाश श्रेष्ठ, हरिप्रसाद पौडेल, गुमानराज पुलामी, नारायणप्रसाद तिमिल्सिना, नरेशप्रसाद सिंह, वीरेन्द्रराज कँडेल र शिवराम खत्री चयन भएका छन् ।

प्रतिक्रिया