
काठमाडौं, २ साउन । बालेन साह काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएर आएपछि महानगरभित्र सकारात्मक कामहरू भइरहेका छन् । जसले गर्दा गुमनाम काठमाडौं अहिले विश्वभर नै परिचित हुँदै गएको छ ।
बालेनले महानगरलाई शैक्षिक, सांस्कृतिक रूपमा महानगरलाई उत्कृष्ट बनाउन विभिन्न योजनामा काम गर्दै आएका छन् ।
यसैबीच स्वीट्जरल्याण्ड सरकारले पर्यटन, धार्मिक र सांस्कृतिक सम्पदा व्यवस्थापनका लागि काठमाडौं महानगरलाई स्विस टुरिजम अवार्ड–२०२३ को उत्कृष्ट गन्तव्यका रूपमा छनोट गरेको छ ।
स्विट्जरल्याण्ड सरकारले पर्यटन पूर्वाधार, व्यवस्थापन र सांस्कृतिक सम्पदाका आधारमा काठमाडौंलाई स्विस टुरिजम अवार्ड-२०२३ को उत्कृष्ट गन्तव्यका रूपमा चयन गरेको हो ।
साथै,स्विट्जरल्याण्ड सरकारले मेयर बालेनलाई स्विट्जरल्याण्डको औपचारिक भ्रमणको निम्तो समेत दिएको छ । यस्तै चितवनस्थित भरतपुर महानगरपालिका पनि यो अवार्डमा छनोट भएको छ ।
बालेनसँगै भरतपुरकी मेयर रेणु दाहाललाई स्वीट्जरल्याण्ड सरकारले भ्रमणको निम्तो पठाएको हो । भरतपुरमा पनि रेणु मेयर भएर आएपछि विकास निर्माण लगाएतका क्षेत्रमा सकारात्मक कामहरू भइरहेका छन् ।
प्रतिक्रिया