फोहोर बोकेका गाडीबाट शुल्क नलिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

फोहोरमैला व्यवस्थापन संघसमेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उक्त आदेश गरेको हो ।

यसअघि ककनी गाउँपालिकाले फोहोरमैला बोकेको गाडी प्रवेश गरेबापत सानो टिपरलाई एक हजार र ठूलो टिपरलाई एक हजार ५०० रुपैयाँ शुल्क लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया