ट्य्राक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पूर्वी नवलपरासी। पहाडी कच्ची सडकमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्ला प्रहरीका अनुसार कावासोती नगरपालिका–१ बालुवाडाँडामा सोमबार राति ट्र्याक्टर दुर्घटना हुँदा २३ वर्षीय चालक किरण मगरको मृत्यु भएको हो ।

कच्ची सडकमा ट्र्याक्टर अनियन्त्रित भएर पल्टिएको प्रहरीको भनाइ छ । लु ४ त ३६३४ नम्बरको ट्र्याक्टर पल्टिएको प्रहरीले जानकारी दिएको छ । बालुवाडाँडाको कच्ची सडक र मोडमा ट्र्याक्टर पल्टिएको हो ।

प्रतिक्रिया