नेपाल एयरलाइन्सको विमान मलेसियामा डिले भएपछि छानबिन समिति गठन

काठमाडौं । क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडानका क्रममा अक्सिजन अभावले मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएपछि उक्त घटना विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।

निगमको आरए ४२२ उडान भर्नु अगाडी ९एन-एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान स्थगित भएको थियो ।

अहिले यसको व्यवस्था भइसकेको र जहाज उड्ने क्रममा रहेको निगमले जानकारी दिएको छ।

के-कस्तो प्राविधिक कारणले यो समस्या आएको हो र भविष्यमा यो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन निगमले एक छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताएको छ ।

प्रतिक्रिया