
एजेन्सी । कतारमा जारी विश्वकप फुटबलमा निराशाजनक प्रदर्शनपछि स्पेनी प्रशिक्षक लुइस इन्रिकेले राजीनामा दिएका छन् । फिफा विश्वकपअन्तर्गत अन्तिम १६ को खेलमा अनपेक्षितरुपमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि उनले बिहीबार राजीनामा दिएका हुन् ।
मोरक्कोसँग पराजित भएपछि त्यसको दोष आफूले लिने उनले बताएका थिए । ५२ वर्षीय उनले स्पेनी प्रशिक्षकबाट राजीनामा दिएसँगै अब चाँडै क्लब फुटबलमा फर्किने तयारी गरेका छन् । उनी स्पेनिस क्लब बार्सिलोनाका पूर्वप्रशिक्षक पनि हुन्। उनी सन् २०१८ मा पहिलो पटक स्पेनिस फुटबल टिमका प्रशिक्षक भएका थिए ।
प्रतिक्रिया