
मकवानपुर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ स्थित चुरियामाई नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सोमबार दिउँसो हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको प्र.२-०३-०१२प ८८५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँया साईडबाट अन्दाजी ३० फिट तल खस्दा चालक हेटौंडा-१५ बस्ने ३५ वर्षीय शंकर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको हेटौंडा स्थित हेटौंडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया