
कैलाली, २ साउन । कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
कमैया मुक्ति दिवसको अवसरमा दुवै पालिकाले आज स्थानीय बिदा दिएका हुन ।
दुवै पालिकाले कार्यालय, वडा कार्यालय, शैक्षिक तथा स्वास्थ्य संस्थामा बिदा दिइएको सार्वजनिक सूचना प्रकाशित गरेर जनाएका छन् ।
आज २३औँ कमैया मुक्त दिवस मनाइँदै छ । विसं २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरिएको थियो ।
प्रतिक्रिया