
काठमाडौं । दाङमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । गत बिहीबार १८ वर्षीया किशोरीलाई रोल्पाबाट ललाइ फकाइ ल्याएर आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा युवकलाइ पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-८ सौडीकुलाका २६ वर्षीय अनिल नेपाली छन् ।
पीडितले दिएको उजुरीको आधारमा नेपालीलाई आइतबारराति पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रतिक्रिया