
काठमाडौं। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ र २ का बासिन्दाले डण्डा खोला किनारमा बस्ती नजिकै फोहोर नफाल्न माग गर्दै सोमबार नगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आइतबार राति प्रहरी प्रशासनको बलमा फोहोर फाल्न खोजिएको विरोधमा प्रर्दशन गरेका हुन् ।
उनीहरुले मेयर इश्तियाक अहमद खान र उपमेयर उमा अधिकारीविरुद्ध नाराबाजी गरेका छन् । सिद्धार्थनगर– २ का सञ्जीव गुरुङले नगरका सम्पूर्ण क्षेत्र हराभरा बनाउने तर फोहोर जति वडा नम्बर १ र २ मा फाल्नु जायज नभएको बताए ।
उनले नदी किनार र बस्ती नजिकै फोहोर फाल्दा स्थानीयवासी विभिन्न रोगबाट ग्रसित भएको बताए ।
प्रतिक्रिया