
काठमाडौँ — इंग्ल्यान्डले दोस्रो टेस्टमा पाकिस्तानमाथि सोमबार २६ रनको सनसनीपूर्ण जित निकाल्दै तीन खेलको सिरिजमा ऐतिहासिक जित हात पारेको छ । चौथो दिन मार्क उडले तीन महत्त्वपूर्ण विकेट लिए र जिततर्फ अग्रसर देखिएको पाकिस्तानलाई रोके ।
जितका लागि ३ सय ५५ रन पछ्याइरहेको पाकिस्तान ३ सय २८ रन बनाएर अलआउट भयो । पाकिस्तान एक समय पाँच विकेट गुमाएर २ सय ९० रनको स्थितिमा थियो, उडले मोहम्मद नवाज र सलमान आगालाई आउट गर्दै खेल आफ्नो टिमको पक्षमा मोडे ।
नवाजले ४५ र आगाले ९४ रन बनाए । ओली रोबिनसनले ११ औं नम्बरका ब्याट्सम्यान मोहम्मद अलिलाई आउट पारेपछि इंग्ल्यान्डको जितको औपचारिकता पूरा भएको थियो । यो जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्ड २–० ले अगाडि रह्यो ।
प्रतिक्रिया