
पाँचथर । हिलिहाङ गाउँपालिका-७ हेवाखोलास्थित सडकमा ना.२ ख ९२१५ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा उक्त ट्रकमा सवार सोही ठाउँ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्रक चालक र ट्रकमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थपअनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया