
काठमाडौं । सार्वजनिक यातायातको भाडा घटेको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भए लगतै सार्वजनिक यातायातको भाडा घटेको हो।
स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ ।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए।
‘घटाएको भाडा दर आजदेखि नै लागु हुनेछ । त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भने, ‘पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडा दर समायोजन गर्ने वैज्ञानिक भाडा दर कायम सम्बन्धी कार्यविधिको व्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ ।’
मन्त्री ज्वालाले आइतबार नै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु हुनासाथ सार्वजनिक र मालवाहक सवारी साधनको भाडा दर समायोजन गर्ने मातहतको निकायलाई निर्देशन दिएका थिए
प्रतिक्रिया