टोटल फुटबलका प्रवर्द्धक

काठमाडौँ — फुटबलको ‘पावर हाउस’ मा गनिए पनि नेदरल्यान्ड्सले अझै विश्वकप जित्न सकेको छैन । त्यही नेदरल्यान्ड्स विश्वमा सबैभन्दा राम्रा र स्तरीय फुटबल खेलाडी उत्पादन गर्ने राष्ट्रमा गनिन्छ र डच फुटबलको सिद्धान्तबाट विश्व फुटबल नै प्रेरित हुँदै आएको छ ।१९७० को दशकमा डच फुटबलले विश्वमा राज गरेको थियो । त्यही क्रममा आत्मसात् गरेको ‘टोटल फुटबल’ को अवधारणाका एक प्रमुख खेलाडी योहान निसकेन्स काठमाडौंमा छन् । उनले डच फुटबलले बनाएको ‘वर्ल्ड कोचेज’ सिद्धान्त आउँदो एक सातासम्म नेपाली प्रशिक्षक र युवा खेलाडीसँग साट्नेछन् । उनी ‘बक्स टु बक्स’ खेल्ने पहिलो पुस्ताका खेलाडी पनि हुन् ।

१९७० को दशकमा डच फुटबलले विश्वमा राज गरेको थियो । त्यही क्रममा आत्मसात् गरेको ‘टोटल फुटबल’ को अवधारणाका एक प्रमुख खेलाडी योहान निसकेन्स काठमाडौंमा छन् । उनले डच फुटबलले बनाएको ‘वर्ल्ड कोचेज’ सिद्धान्त आउँदो एक सातासम्म नेपाली प्रशिक्षक र युवा खेलाडीसँग साट्नेछन् । उनी ‘बक्स टु बक्स’ खेल्ने पहिलो पुस्ताका खेलाडी पनि हुन् ।

निसकेन्स विश्वकप इतिहासमा नेदरल्यान्ड्सका सबैभन्दा सफल खेलाडी हुन् । संयोगले अहिले विश्वकप चलिरहेको छ दोहामा । नेदरल्यान्ड्सले १९७४ र १९७८ मा गरी दुई पटक विश्वकप फाइनल खेलेको थियो । भाग्य डच टोलीको पक्षमा थिएन । अन्यथा फिफा र पेलले बनाएको उत्कृष्ट खेलाडीको सूचीमा रहेकामध्ये एक निसकेन्सको घाँटीमा विश्वकपको मेडल हुन्थ्यो । नेदरल्यान्ड्सबाट ४९ खेल खेल्दै उनले १७ गोल गरेका छन्, जसमध्येको ५ गोल १९७४ को विश्वकपमा थियो ।

१९७४ को विश्वकप फाइनलमा निसकेन्सले डच टोलीबाट दोस्रो मिनेटमै गोल गरेका थिए । गोल हुनुअघि जर्मन टोलीले बल छुनसमेत पाएको थिएन । डच टोलीले २०–२२ पास खेलेपछि पेनाल्टी पाएको थियो र त्यसमा निसकेन्सले गोल गरेका थिए । पेनाल्टी प्रहार गर्नुअघिको दुई पास निसकेन्सको खुट्टाबाट गएको थियो । ‘पानेन्का’ को आधुनिक भर्सन जस्तो देखिने उनको पेनाल्टी प्रहार जर्मन गोलरक्षक उभिएको स्थानबाटै गएको थियो ।

मलाई त्यो फाइनलका बारेमा केही याद छैन भन्दै उनले हाँसीमजाक सुरु गरे । त्यो पेनाल्टीलाई ‘मिस किक’ भन्दै उनले अर्को ठट्यौली गरे । बुल्गेरियासँग समूह चरणमा उनले दुई गोल गर्दा एउटा गोल पेनाल्टीमा जसरी गरेका थिए, फाइनलमा पश्चिम जर्मनीविरुद्ध गरेको पेनाल्टी गोल त्यसको ‘कार्बन कपी’ थियो । अर्थात् उनले गोलरक्षक उभिएको स्थानमा सिधा हानेर पेनाल्टीमा गोल गरेका थिए । विश्वकप फाइनलमा सबैभन्दा छिटो गोल गरेको कीर्तिमान अझै निसकेन्सको नाममा छ । उनले प्रतियोगितामा ५ गोल गरे । तर फाइनलमा पश्चिम जर्मनीसँग पराजित भएपछि उनको व्यक्तिगत सफलताले खासै अर्थ राखेन ।

 

प्रतिक्रिया