एकीकृत समाजवादीको सचिवालय बैठक सुरु,

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक कीर्तिपुरको चम्पादेवीमा सुरु भएको छ ।

उक्त बैठकमा आज पनि राजनीतिक र सैद्धान्तिक विषयमा नेताहरूले धारणा राख्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीको सचिवालय बैठक गएको शुक्रबार र शनिबार पनि बसेको थियो । आइतबार पनि बस्ने तय भएपनि पार्टीबाट मन्त्री बनेकाहरूको कार्यव्यस्थताले बैठक आजका लागि सारिएको थियो ।

प्रतिक्रिया