
काठमाडौं । एसीसी एमर्जिङ टिम्स एसिया कपमा आज नेपालले भारत ए को सामना गर्दैछ । आफ्नो दोस्रो खेलमा दिउँसो २ बजे नेपाल भारतसँग भिड्ने भएको हो ।
खेल आर प्रेमदासा स्टेडियममा डे नाइटमा हुनेछ । यसअघि गत शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र पाकिस्तानको ‘ए’ टोलसँग चार विकेटले पराजित भएको थियो ।
भारतले भने यूइई ए लाई पराजित गरेको थियो ।
प्रतिक्रिया