प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित

काठमाडौं, ३१ असार । मिटरब्याजविरूद्वको विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकले संशोधनसहित वधेयक पारित गरेको हो । राष्ट्रियसभाबाट पारित भइसकेको यो विधेयक अब पुन: राष्ट्रिय सभामा जानेछ।

राष्ट्रिय सभाले स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुन्छ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त कानुन बन्ने छ।

प्रतिक्रिया