संसदीय दलको नेता बदल्ने कुरा सभापति देउवाबाटै सिकेको हुँ: गगन थापा

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि आफूले मौका कुरिरहेको बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले संसदीय दलको नेतामा एक पटक प्रतिष्पर्धा गरेपछि अर्को पटक प्रतिष्पर्धा गर्न नपाउने व्यवस्था संसदीय दलको विधानमा नरहेका कारण दलको नेताका लागि मौका कुरिरहेको बताएका हुन् ।

संसदीय दलको नेता बदलिराख्नुपर्छ भन्ने कुरा आफूले पार्टी सभापति शेर बहादुर देउवाबाटै सिकेको थापाले बताए । थापाले संसदीय दलको नेताका लागि प्रयास गरिराख्नु अनौठो र अस्वभाविक कुरा नभएको जिकिर गरे ।

त्यस्तै थापाले नेपाल ऐन सदनमा प्रस्तुत हुँदा आपत्ति हुन सक्ने भन्दै छलफलका क्रममा आफ्ना धारणा राख्नुपर्ने बताए ।

आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले मत विभाजन गराउन खोजेपनि त्यसको समय आकंलन गर्न नसक्दा संसद अवरुद्ध हुन पुगेको उनले बताए । उनले संसद सिक्ने र सिकाउने थलो भएकाले पनि आगामी दिनमा थप परिपक्व हुदै जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार