
तिलोत्तमा — रुपन्देही लन टेनिस संघको अध्यक्षमा गोपाल प्रसाद ज्ञवाली चयन भएका छन् । संघको दोस्रो साधारणसभा तथा अधिवेशनबाट ज्ञवालीको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
उपाध्यक्षमा डा. मनोज ढुंगाना, सचिवमा सबिर मिया, कोषाध्यक्ष विष्णु प्रसाद चापागाईं साथै सदस्यहरुमा मनोज नेपाल, डा. टीकाराम घिमिरे, लक्ष्मी पौडेल अर्याल, सोम राना सर्वसम्मत चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष ज्ञवालीले रुपन्देही खेलकुदको हब बन्दै गएको भन्दै यसलाई थप टेवा दिने गरी पूर्वाधार विकास र प्रतियोगितामा जोड दिने प्रतिबद्धता जनाए । उनले खेलप्रेमी, तीन तहकै सरकारको सहयोगमा राष्ट्रियस्तरको खेलमैदान तयार भएको भन्दै आगामी दिनमा खेल मैदानलाई अझै सुविधा सम्पन्न बनाइने बताए।
प्रतिक्रिया