भुटानी शरणार्थी प्रकरणमा छुटेलगत्तै ललितानिवासमा केशव तुलाधर पक्राउ

काठमाडौं । जिल्ला अदालत काठमाडौं नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छाड्न आदेश दिएलगत्तै केशव तुलाधर फेरि पक्राउ परेका छन् । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा समेत संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।

ललिता निवासको झण्डै २ रोपनी जग्गा तुलाधरको नाममा देखिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया