राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमा परिपक्वता देखिएन : विश्वप्रकाश शर्मा

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आज प्रतिनिधि सभाको बैठकमा अचम्मको दृश्य देखिएको बताएका छन् ।

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने विषयलाई आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले चालेको कदमप्रति लक्षित गर्दै उनले सुन्नमा वा बुझ्नमा कमजोरी भएर हो वा अरु नै केही भएर हो, तर संसदमा आज अचम्मको दृश्य देखिएको बताएका हुन् ।

‘रोस्ट्रममा उभिएका मन्त्रीलाई आसन ग्रहण गर्न सभामुखले जब निर्देशन दिनुभयो, तब केही सांसदहरु रोस्ट्रम घेर्न पुग्नुभयो ! सुन्नमा या बुझ्नमा केमा कमजोरी भयो थाहा भएन, तर आज अचम्मको दृश्य देखियो संसदमा !’ उनले भने ।

संसदलाई सार्थक थलो बनाउन संयम र परिपक्वताका साथ गम्भीर विमर्श जरुरी देखिएको महामन्त्री शर्माले बताएका छन् । ‘संसदलाई सार्थक थलो बनाउन संयम र परिपक्वता साथ गम्भीर विमर्श जरुरी देखियो,’ उनले भने ।

प्रतिक्रिया