सरकारले सहकारीकर्मीसँग छलफल गर्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीकर्मीसँग छलफल गरेर समस्या समधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा शर्माले लामो समयदेखि सहकारीकर्मीहरू आन्दोलित भएको अवस्थामा सरकारले उनीहरुसँग छलफल गरेर समस्याको समाधान गर्न ध्यानाकर्षण गराएका हुन् ।

उनले केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएको भन्दै यसलाई सरकारले उचित तवरले नियमन गर्नुपर्ने धारणा व्यक्त गरे । ‘सहकारीकर्मीहरु आन्दोलनमा छन् । केही सहकारीकर्मीका कारण सयौँ सहकारी आलोचित भएका छन्, सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने सहकारीकर्मीसँग संवादमार्फत माग पूरा गर्न आग्रह गर्न चाहन्छु,’ उनले भने ।

त्यस्तै, उनले लामो समयदेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक नबढाएको भन्दै तत्काल न्यूनतम ज्याला निर्धारण गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । ‘ज्याला वृद्धि गर्ने सन्दर्भमा सरकार रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच संवादमार्फत समस्या टुङ्गोमा पुर्‍याउने विषयमा सरकार गम्भीर हुनुपर्छ,’ महामन्त्री शर्माले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार