देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नै निवासमा भोलि दिउँसो २ बजे उनीहरुलाई छलफलका लागि बोलाएका हुन् ।

केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न उनीहरुलाई बोलाइएको बताइएको छ । देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि पर्सि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई फेरि छलफल गर्ने तयारी समेत गरेको एक नेताले बताए ।

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया