हेटौंडाबाट सय किलो गाँजासहित एक पक्राउ

काठमाडौं। मकवानपुरमा ठूलो परिणामको लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीले एक सय किलो ६०० ग्राम गाँजासहित उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पिकअपका चालक गोरखा पालुङटार नगरपालिका ३ बस्ने ३७ वर्षीय दुर्गा दर्जी रहेका छन् ।

हेटौंडा ४ कर्रा स्थित सडकमा विशेष सुचनाको आधारमा प्रहरीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १६८८ नम्बरको बोलेरो पिकअप गाडी चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकोक छ ।

प्रतिक्रिया