जनकपुर-जयनगर रेल आजदेखि भंगहासम्म कुद्ने

काठमाडौं । नेपालको एक मात्र जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ। जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा सञ्चालन हुन लागेको हो ।

रेल सेवा विस्तारको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्ने कार्यक्रम तय गरिएको छ । आज बिहान १० बजे भंगहा स्टेशनमा मन्त्री ज्वालाले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

उनका अनुसार भोली सोमबारदेखि विजलपुरादेखि जयनगरसम्म रेल सेवा नियमित सञ्चालन हुनेछ । विजलपुरासम्म रेल सञ्चालनमा आएपछि आउनेरजाने समय हेरफेर हुन्छ । अब महोत्तरीको बिजलपुराबाट बिहान साढे सात बजे रेल जयनगरका लागि खुल्नेछ ।

प्रतिक्रिया