
काठमाडौं । चार्जमा रहेको मोबाइल फोन उठाउँदा करेन्ट सर्ट भएर झापामा एक जनाको ज्यान गरेको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका वडा नं १ को टुनु बस्तीका जगत बहादुर बुढाथोकी रहेका छन् ।
असार २९ गते दिउँसो करिब साढे ३ बजेको समयमा फोन आएपछि चार्जमा राखेकै अवस्था फोन उठाउन खोज्दा करेन्ट सर्ट भई उनको घटनास्थलमै मृत्यु भएको हाे ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
प्रतिक्रिया