
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया जाने भएका छन् । आज बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले मंगलबार कम्बोडिया भ्रमण गर्न लागेको जानकारी दिएका हुन् ।
साउन २ देखि ६ गतेसम्म कम्बोडियामा रहने उनले बताए । भ्रमणका क्रममा ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
प्रतिक्रिया